अमर ओलीको निर्देशनमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक (भिडियो)

बुधबार, ०८ असोज २०८२, ११ : ४७

काठमाडौं- नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । 

गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट–प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ ।

 
बुधबार, ०८ असोज २०८२, ११ : ४७

प्रतिक्रिया