काठमाडौं- हालै भएको जेनजी आन्दोलनका कारण प्रभावित अटोमोबाइल उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूको पीडा सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हार्दिक स्वागत गरेको छ।
नाडाका अध्यक्ष करण कुमार चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी आन्दोलनका कारण प्रभावित उद्योग र व्यवसाय पुनर्र्जीवित गर्न विशेष राहत प्याकेजको माग गरेको थियो। त्यस अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरेकोमा उद्योगी व्यवसायीहरूले आत्मबल प्राप्त गरेको बताए।
अटोमोबाइल उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गर्दै कर–राजस्वमा ठूलो योगदान पुर्याउँदै आएको छ। तर हालैका घटनाका कारण शो–रुम, गाडी, गोदाम र सम्पत्तिमा क्षति पुगेको थियो। यसै कारण सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीका लागि ठूलो ढुक्क र हौसला दिने अवसर बनेको नाडाले जनाएको छ।
सरकारद्वारा घोषणा गरिएका प्रमुख प्रावधानहरू
१. बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने व्यवस्था।
२. पुनर्र्बीमा प्रक्रियामा ढिलाइ भएमा बीमा कम्पनीहरूले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने सुविधा।
३. आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी वा ढुवानी साधन नयाँ खरिद गर्दा बैंक कर्जामा न्यूनतम ८० प्रतिशत हुने व्यवस्था।
४. आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनःस्थापनाका लागि आयात गर्दा भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने सुविधा।
५. राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई कर कटौतीमा गणना गर्ने व्यवस्था।
६. बीमा नभएका मौज्दातमा मूल्याङ्कनका आधारमा लागत खर्च कट्टी तथा करकट्टी गर्न सक्ने सुविधा।
७. आन्दोलन प्रभावित ऋणी उद्योगरव्यवसायका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप्ने व्यवस्था।
८. प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने सुविधा।
९. रोजगार सुरक्षित गर्न एबथचयिि एचयतभअतष्यल क्अजझभ ल्याई २ प्रतिशत अनुदान सहित सहुलियत कर्जा दिने व्यवस्था।
१०. दशैंबाहेक अन्य विदामा पनि व्यापार सहजीकरणका लागि सरकारी कार्यालय, बैंक तथा राजस्व संकलन गर्ने निकायहरू खुला रहने व्यवस्था।
यी सबै प्रावधानहरूले प्रभावित अटोमोबाइल उद्योगी तथा व्यवसायीहरूलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा नाडाले अपेक्षा गरेको छ । अग्रिम दाबी भुक्तानी, कर्जामा सहजता, भन्सार छुट र करमा सहुलियतले तत्कालका कठिनाइहरू पार गर्न ठूलो योगदान पुग्ने नाडाले विश्वास लिएको छ ।
नाडाले दीर्घकालीन दृष्टिकोणमा ईभी रोडम्याप, कस्टम्स सुधार, र पूर्वाधार विस्तारमा समेत सरकारले ध्यान दिनुपर्ने आग्रह गरेको छ । यस्तै, अटोमोबाइल क्षेत्रमा गरिएको नीतिगत प्रगतिले मात्र नभई हरित विकास, ऊर्जा सुरक्षाको मजबुतीकरण र अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्ने मार्ग खुल्ने नाडाको भनाई छ ।
प्रतिक्रिया