काठमाडौँ–नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) ले टिगद्वारा प्रस्तुत नास–आईटी एक्स्पो २०२५ को घोषणा गरेको छ । एक्स्पो आगामी नोभेम्बर ७–८ मा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुँने भएको हो ।
नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नास–आईटी एक्स्पो २०२५ आयोजना हुँदैछ ।
यस एक्स्पोले स्थानीय क्षमतालाई प्राथमिकता दिँदै उद्यमशीलतालाई प्रोत्साहन गर्ने, प्रविधि उद्योगको स्तरोन्नति बढाउने र नेपालको प्रविधि क्षेत्रमा दिगो विकास योगदान गर्ने लक्ष्य राखेको छ ।
नास–आईटी एक्स्पो २०२५ को मुख्य प्रायोजकको रूपमा टिग रहेको छ । एक्स्पोमा ३० भन्दा बढी आईटी कम्पनीहरूका प्रदर्शनी रहने छ ।
प्रतिक्रिया