आर्यतारा होल्डिंसको प्रथम वार्षिक साधारणसभा सम्पन्न

आइतबार, १२ असोज २०८२, १२ : ०३

काठमाडौं- पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिंसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार भएको साधारणसभामा होल्डिंसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावी योजनाहरुबारे अध्यक्षको प्रतिवेदन पेस गरेका थिए ।

हाल संस्थाले जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरेको अध्यक्ष अंगाईले बताए । साथै आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तर्गत एयरलाइन्स र हेलिकप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवा प्रवर्धनमा आँफुहरुले लगानी गर्ने योजना बनाएको उनले बताए । त्यसका लागि विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने समेत उनले जानकारी दिए । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

होल्डिंसको सञ्चालकहरु श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन् । 

 
आइतबार, १२ असोज २०८२, १२ : ०३

प्रतिक्रिया