अनुदान पाएपछि व्यावसायिक तरकारी खेतीमा जुटे टेम्केमैयुङ गाउँपालिकाका किसान

बुधबार, २२ असोज २०८२, १२ : ४३

काठमाडौं- वडा कार्यालयबाट अनुदान पाएपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् । 

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।

“चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदै उनले भने । 

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको भनाई छ । 

 
बुधबार, २२ असोज २०८२, १२ : ४३

प्रतिक्रिया