लामखुट्टेबाट पार लगाउने प्याच

४ बर्ष अगाडि

लामखुट्टे धपाउने नयाँ खालको प्याच (छालामा टाँस्ने)अमेरिकाको क्यालिफोर्नियामा बनाइएको छ । अफ्रिकामा यसको परिक्षण सफल भएमा औलो, वेस्ट निल भाइरस र ज्वरोलाई नियन्त्रण लिन सहयोग पुग्ने विश्वास गरिएको छ । चंगा जस्तो देखिने भएकाले काइट प्याच नाम दिइएके यो एक स्टिकरको रुपमा छ । यस प्याचमा अमेरिकाको खाद्य तथा औषधि प्रसाधनद्वारा स्वीकृत रसायन प्रयोग गरिएको छ । प्याचमा प्रयोग गरिएको यौगिक विषालु नभएको र त्यसले मानिसलाई पछ्याउने लामखुट्टेको क्षमता ४८ घण्टासम्म समाप्त पार्छ ।

क्यालिफोर्निया विश्वविद्यालय र ओलफ्याक्टर ल्याबरोटरीको संयुक्त प्रयासमा सात वर्ष अनुसन्धान गरी बनाइएको प्याचबारेमा त्यसको वेव साइटमा भनिएको छ – युगाण्डाका बालबालिका, व्यवसायिक खेलाडी, फुटबल मैदानमा रहेको खेलाडीका परिवार र मनिलाको उपनगरहरुमा काम गर्ने कामदारहरुलाई यो निकै उपयुक्त हुनेछ । मानिसबाट निस्कने कार्बनडाइअक्साइड ग्याँसलाई लामखुट्टेले पछ्याउने भएकाले प्याचले सबै प्रजातिका लामखुट्टेलाई भगाउन काम गर्ने विश्वास यसको निर्माण गर्ने कम्पनीको छ । प्याचको प्रारम्भिक परिक्षणबाट विभिन्न प्रजातिका लामखुट्टेमामाथि यसको प्रभाव देखिएको पनि छ तर, धेरै खतरा भएका क्षेत्रमा यस प्याचलाई झुलको विकल्प बनाउने नहुने सुझाव दिइएको छ । प्याचले लामखुट्टे भगाउने स्प्रे वा मलहमको विकल्पको रुपमा काम गर्ने स्पष्ट पारिएको छ ।

लामखुट्टेले टोकेर परजीवीलाई रगतमा पु¥याएपछि हामीलाई औलोलगायतका रोग लाग्ने गर्छ । प्याच लगाएमा त्यसले मानिसबाट निस्कने कार्बनडाइअक्साइडको सुइँको ४८ घण्टासम्म लामखुट्टेले पाउने छैन । औलोले सबैभन्दा बढी अफ्रिका आतंकित छ । औलोले हुने मृत्युमा ९१ प्रतिशत हिस्सा अफ्रिकाकै हुन्छ । औलोले विश्वलाई प्रतिवर्ष करिब १२ अर्ब डलरको भार पर्छ । लामखुट्टेले बर्सेनि जनधनको ठूलो नोक्सानी गरे पनि यस रोगलाई सजिलै नियन्त्रणमा लिन सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया