गीतकार पाण्डेले पाए सर्वोत्कृष्ट गीतकारको अवार्ड

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ३१

काठमाडौँ- गीतकार दयाराम पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । नेपाल सङ्गीत उद्योग संघले राजधानीमा आयोजना गरेको ‘विश्वनाथ केडिया तेस्रो अमिन म्युजिक अवार्ड २०२४’मा पाण्डेले आधुनिक गीत रचना विधातर्फ ‘सम्झना।।’  बोलको गीतबाट यो अवार्ड प्राप्त गरेका हुन् । 

गीत लेखनमा बेग्लै पहिचान बनाएका पाण्डेलाई अवार्ड मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले र मेडल नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले प्रदान गरे । कार्यक्रममा पाण्डेलाई पब्लिक च्वाईसतर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको हो ।

वर्षभरिका गीतहरू मध्ये उत्कृष्ट पाँचमा छनौट भई ती पाँचमा पनि पहिलो हुन सफल भएको दयारामले लेखेको ‘सम्झना।।’ मा कृश रिजालको सङ्गीत र इन्डियन आइडल तेस्रो सिजनका उपविजेता अमित पलको स्वर छ । अहिलेसम्म गीतकार पाण्डेले भौतिकरुपमा संगीतकार रिजाल र गायक पलसँग अहिले सम्म भेटेका छैनन् , तर यी तीनको शब्द, सङ्गीत र स्वरले सजिएको गीतले भने अवार्ड चुमिसकेको छ । कार्यक्रममा गीतसंगीतका थुप्रै श्रष्ठाले अवार्ड थापेका थिए ।

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ३१

प्रतिक्रिया