आम नेपालीलाई जलविद्युत्मा शेयर ः सुन्दा राम्रो कार्यान्वयन अप्ठ्यारो

६ बर्ष अगाडि

काठमाडौँ । जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्ने धेरै जसोले नराम्ररी घाटा व्योहोरिरहेको बेला सरकारले सबै नेपालीलाई शेयर दिने घोषणा गरेको छ । सुन्दा यो राम्रो र लोकप्रिय लागेपनि यसले नेपाली जनतालाई सोचेअनुसार प्रतिफल दिन नसक्ने अवस्था रहेको छ ।

नेपाल स्टक एक्चेन्जमा सूचीकृत १८ वटा जलविद्युत् कम्पनी मध्ये एकाधको मात्रै शेयरमा फाइदा रहेको छ । अरु धेरै जसो कम्पनीको शेयरमा लगानीकर्ताले नाफा पाएका छैनन् । बरु गरेको लगानी समेत घट्दै गएको अवस्था छ । यस्तो सन्दर्भमा सरकारले  सबै जनतालाई जलविद्युतको सेयर दिने बताएको छ ।

 सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माण गरेर २ करोड ८० लाख जनतालाई जलविद्युतको सेयर दिने जनाएको हो ।

नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी कार्यक्रम अभियानको रुपमा अघि बढाएर सबैलाई सेयर दिने तयारी थालिने ऊर्जा, जलस्रोत, तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

मन्त्री पुनले ऊर्जा, जलस्रोत र सिंचाइको वर्तमान अवस्था र भावी मार्ग्चित्र (श्वेतपत्र) सार्वजनिक गर्दै सबै नेपाललाई सेयर दिएर धनी बनाउने योजना सार्वजनिक गरेका हुन् । यसका लागि आकर्षक र नाफामुखी आयोजना निर्माण गरिने उनले बताए ।

यसअन्र्तगत वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्बन्धित मुलुकबाटै जलविद्युत आयाजनाको सेयर खरिदका लागि आवेदन दिने व्यवस्था समेत मिलाइने उनले सुनाए । तर सरकारले रेमटि हाइड्रो मार्फत अगाडि बढाउने भनिएको थाप्जेङका दुइृ आयोजना हलासम्म निर्माणमा जान सकेको छैन ।

यस्तै तत्काल लगानी गर्न नसक्ने विपन्नलाई वैकल्पिक व्यवस्था गरेर भएपनि शेयर दिने बताइएको छ । त्यो कसरी र कुन उपादेशयताका साथ दिने भन्नेमा कुनै निर्णय भएको छैन । तर  विपन्न वर्गलाई पनि विशेष व्यवस्था मिलाइने मन्त्री पुनले जानकारी दिए ।

पछिल्लो समयमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई निजी तथा सरकारी कम्पनीले अनिवार्य रुपमा १० प्रतिशत दिने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि न्युनतम थप १५ प्रतिशत सेयर दिन थालिएको छ । । ती शेयरको मूल्य के कति मात्रामा रहने गरेको छ भन्ने बारेमा कुनै सोच विचार हुन सकेको छैन ।

पछिल्लो समयमा निर्माण हुने अधिकाँश जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर दिने घोषणा समेत गरेका छन् । मुलुकमा जलविद्युतमा आत्मनिर्भर बनाउन सार्वजनिक निजी साझेदारीमा जलविद्युत आयोजना निर्माण गरी आउदो ३ वर्षमा थप ३ हजार मेगावाट बिजुली उत्पादन हुने उनले योजना सार्वजनिक गरे । तर सबैलाई शेयर दिने विषय गलत र प्रभावकारी हुन नसक्ने गुनासो पनि उत्तिकै रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया