सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने

शनिबार, ०८ कार्तिक २०८२, १६ : ०१

काठमाडौं- सप्तकोसी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै कात्तिक २४ गते दोस्रो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ । 

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ ।

कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने र गत आर्थिक वर्ष ०८१–८२ को वार्षिक प्रतिवेदन सहितका वित्रीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
 

 
शनिबार, ०८ कार्तिक २०८२, १६ : ०१

प्रतिक्रिया