राधी विद्युत कम्पनीलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति

आइतबार, ०९ कार्तिक २०८२, ११ : ४१

काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।

आयोगले कम्पनीको हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ को अनुपातमा १ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

हकप्रदबाट उठेको रकममध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने र बाँकी १७.४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएकाले अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउनेछ।

 
आइतबार, ०९ कार्तिक २०८२, ११ : ४१

प्रतिक्रिया