टिकटकद्वारा गाइडलाइन्स रिपोर्ट सार्वजनिक, तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो

आइतबार, ०९ कार्तिक २०८२, १३ : ३४

काठमाडौं- टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना) सम्मको तथ्यांक समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने टिकटकको विश्वास छ ।

२०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका लागि नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियो हटाएको थियो । नेपालमा टिकटकले सक्रियरूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत रहेको छ । जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत  हो । हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए ।

टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ ।

रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशत भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए । जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लंघन गरेका थिए । थप १४.० प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१ प्रतिशत ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लंघन गरेका थिए ।

साथै, ४५।० प्रतिशत लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८ प्रतिशत भिडियोहरू सम्पादित वा एआईजेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो ।

यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमितरूपमा प्रकाशन गरेर टिकटकले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । प्रतिवेदनको विस्तृत जानकारी र टिकटकको कन्टेन्ट पोलिसीहरू, टुलहरू र पारदर्शिताबारे थप जान्नका लागि प्रयोगकर्ताहरूले टिकटकको 'ट्रान्सपरेन्सी सेन्टर' भ्रमण गर्न सक्नेछन् ।

टिकटक छोटा भिडियोहरूका लागि अग्रणी मोबाइल प्लेटफर्म हो । टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेको छ । यसका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन् ।

 
आइतबार, ०९ कार्तिक २०८२, १३ : ३४

प्रतिक्रिया