बनाउलान् कुलमानले पाँच वर्षमा हजार मेगावाट क्षमताका विद्युत् आयोजना ?

६ बर्ष अगाडि

काठमाडौं । आगामी ५ वष भित्र नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी मार्फत १ हजार १२८ मेगावाट क्षमताका १३ आयोजना निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

प्राधिकरणले ऊर्जामा आत्मनिर्भर बनाउने योजनासहित सो परिमाणको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हो ।

ती आयोजनाबाट ५ हजार ३८२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ ।

प्राधिकरणको प्रक्षेपणअनुसार आगामी आवको मंसिर मसान्तस्म्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै आगामी आवमा नै माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनेछ ।

तर सो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडन समस्या हुने भएको छ । चिलिमे हवदेखि त्रिशुली थ्री बीसम्मको प्रसारण लाइनको काम हालसम्म सुरु हुन सकेको छैन । सो आयोजना १४.८ मेगावाट क्षमताको हो ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ मा १११ मेगावाट क्षमताको रसुवागढी र ४२.५ मेगावाट क्षमताको साञ्ञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७७ृज्ञेर७८ मा थप २ आयोजना निर्मााण सम्पन्न हुने छन््् । त्यसमा मध्य भोटेकोशी १०२ मेगावाट र माथिल्लो त्रिशुली थ्री बी आयोजना रहेका छन् । माथिल्लो त्रिशुली थ्री बीको क्षमता ३७ मेगावाट रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७०÷८० मा विभिन्न ६ वटा आयोजना सम्पन्न् हुने छन् । त्यसमा ४० मेगावाट क्षमताको राहुघाट, १४० मेगावाट क्षमताको तनहुँ सेती, १०० मेगावाटको तामाकोशी पाँचौ,४२ मेगावाटको माथिल्लो मोदी ए, १८ मेगावाटको माथिल्लो मोदी र २५ मेगावाटको रोल्वालिङ डाइभर्सन आयोजना सम्पन्न हुने  छन् ।

सरकारले आगामी ५ वर्ष भित्र ५ हजार मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने घोषणा गरेको सन्दर्भमा प्राधिकरणका सहायक कम्पनीले मात्रै १ हजार मेगावाट बढी क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

सो अवधिमा निजी क्षेत्रका प्रवद्र्धकले पनि करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छन् । सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकको ऊर्जामा आत्मनिर्भर बनाउन सकिने भन्दै सरकारले आवश्यक सहजीकरण, तथा मार्गदर्शन गर्ने भएको छ ।

यस्तै नेपालको पानी जनताको लगानी भन्ने नारालाई व्यवहारिक रुपमा नै अगाडि बढाई प्रसारण लाइन निर्माणमा देखिएको समसया समेत हल गर्ने प्रयास गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया