एनआरएन इन्फ्रास्ट्रक्चरको सीइओमा निरञ्जन फुयाँल नियुक्त

बुधबार, १९ कार्तिक २०८२, ११ : ३६

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा निरञ्जन फुयाँल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आज कात्तिक १९ गते बसेको बैठकले फुयाँललाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। फुयाँलको नियुक्ति आजबाटै लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

फुयाँल यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु उपप्रमुख कार्यकारी अधिकृत थिए। उनले गत भदौमा नेप्सेमा राजीनामा दिएका थिए।

यसअघि एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ हेमन्त बस्याल थिए। उनी हाल नेप्सेको अध्यक्ष छन्।

बुधबार, १९ कार्तिक २०८२, ११ : ३६

प्रतिक्रिया