हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ

शनिबार, २२ कार्तिक २०८२, १२ : २६

काठमाडौं- नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ।

यस सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन्। यो सेवा सर्वोनिदान क्लिनिक प्रा. लि.को समन्वयमा सञ्चालन हुनेछ।

सर्वोनिदान क्लिनिकसँग हाम्रो पात्रोको सहकार्यको उद्देश्य भनेको प्रयोगकर्तालाई थप व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। हाम्रो पात्रोले लामो समय देखि विशेषज्ञ डाक्टरहरूलाई आवद्ध गरेर अडियो भिडियो कल मार्फत प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवा पर्दान गर्दै आइरहेको छ ।

“हाम्रो प्राथमिकता नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु हो। घरमै खोप सेवा सुरु गर्नु हाम्रो यही यात्राको अर्को महत्वपूर्ण कदम हो,” हाम्रो पात्रोका निर्देशक सुदिना गौतमले भनिन्, “सर्वोनिदान क्लिनिकसँगको समन्वयले सेवा अझ सुरक्षित र चिकित्सकीय रूपमा व्यवस्थित बन्न मद्दत गरेको छ।”

किन ‘घरमै खोप सेवा’?

जाडो याम सुरु भएसँगै फ्लु संक्रमणको जोखिम बढ्ने भएकाले बृद्धबृद्धा, दीर्घरोगी तथा कमजोर रोग प्रतिरोधक क्षमता भएका संवेदनशील व्यक्तिहरूका लागि समयमै खोप लगाउनु लाभदायक हुन्छ। तर अस्पताल वा क्लिनिक जान नसक्ने धेरै परिवारका लागि खोपको पहुँच चुनौतीपूर्ण छ। त्यसैले, हाम्रो पात्रोको ‘घरमै खोप सेवा’ले सुरक्षित, छिटो, भरपर्दो सेवा प्रदान गरेर इच्छुक प्रयोगकर्ताहरूको यस समस्यालाई समाधान गर्छ ।

प्रयोगकर्ताले हाम्रो पात्रो एपमार्फत खोप सेवा सहजै बुक गर्न सक्छन्।

सेवा कसरी प्राप्त गर्ने? 

  • हाम्रो पात्रो एप खोलेर होमपेजमा भएको “Vaccine at Home” लेखेको ठाउँमा क्लिक गर्ने,
  • त्यहाँ आफ्नो नाम, फोन नम्बर र ठेगाना भर्ने,
  • खोप लगाउन चाहने समय छान्ने,
  • यसपछि  प्रमाणित नर्स/ स्वास्थ्यकर्मी तपाईंको घरमै आउनेछन् । 

यो सेवा सम्पूर्ण रूपमा सुरक्षित, निजी र विश्वसनीय रहेको हाम्रो पात्रोले जानकारी दिएको छ ।

 
शनिबार, २२ कार्तिक २०८२, १२ : २६

प्रतिक्रिया