जुम्लाको गुठिचौर गाउँपालिकाद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन

शनिबार, २२ कार्तिक २०८२, १५ : १८

काठमाडौं- जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व संकलन गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा – २ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट रु दुई लाख ५८ हजार ५३१ राजस्व संकलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए । 

त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ । गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ ।

यसबाहेक, डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट रु ८१ हजार र पशु शाखाबाट रु सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले रु नौ लाख ९७ हजार राजस्व संकलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ ।

 
शनिबार, २२ कार्तिक २०८२, १५ : १८

प्रतिक्रिया