काठमाडौं- बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ ।
‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।
इलेक्ट्रिक मोबिलिटीमा सहज रूपान्तरण
यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहन्छ । चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ ।”, गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ।
बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ, जसले दक्षता र आत्मविश्वासलाई संयोजन गर्दछ । यसको आईपी ६७ रेटेड अल मेटल बडीले सबै मौसमी अवस्थामा स्थायित्व सुनिश्चित गर्दछ ।
साथै, ५ इन्च टीएफटी टचस्क्रिन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ । जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन, र एन्टी– थेफ्ट प्रोटेक्सन जस्ता सुविधाहरूको साथ सुरक्षा बढाइएको छ ।
प्रतिक्रिया