टिग नास आईटी एक्सपो २०२५ सम्पन्न, सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड

आइतबार, २३ कार्तिक २०८२, १२ : ५२

काठमाडौं- नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) द्वारा आयोजित ‘टिग नास आईटी एक्सपो २०२५’ (backlink: https://expo.nasit.org.np/) (backlink: https://www.tiggapp.com/) सफलतापूर्वक सम्पन्न भएको छ ।

कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिनसम्म स्वदेशी प्रविधि कम्पनीहरूको प्रदर्शनी सञ्चालन भएको थियो। दुई दिनसम्म चलेको एक्सपोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड दिएको नास आईटीले जानकारी दिएको छ ।

प्रविधि र अवसरबीचको पुल निर्माण गर्न आयोजना भएको एक्सपो भव्यताका साथ समापन भएको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं,’ उनले भने,‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।’

एक्सपोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थी लगायत प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । दुई दिनको अवधिमा २५०० भन्दा बढीले एक्सपो अवलोकन गरेका छन् । यस एक्स्पोलाई स्वदेशी आईटी प्रविधि तथा सेवालाई प्रवर्द्धन गर्न आयोजना गरिएको नेपालकै एक ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनीका रूपमा लिइएको छ ।

एक्स्पोमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्रमार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू समेत प्रस्तुत गरेका थिए । प्रदर्शनीमा सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न र अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने पनि बताएको छ ।

नास आईटीका अनुसार एक्सपोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोन रूपमा आफूलाई स्थापित गरेको छ । नास आईटीको बारेमा नेपाल एसोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) नेपालको अग्रणी गैर-नाफामुखी संस्था हो, जसले देशको आईटी क्षेत्रको विकास, नवप्रवर्तन, सहकार्य र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई प्रवर्द्धन गर्दै आएको छ ।

 
 
आइतबार, २३ कार्तिक २०८२, १२ : ५२

प्रतिक्रिया