महिन्द्राको ७ सिटे इलेक्ट्रिक एसयूभी दुई सातापछि बजारमा आउने

सोमबार, २४ कार्तिक २०८२, १४ : १८

काठमाडौं- महिन्द्राले आफ्नो पोर्टफोलियोको सबैभन्दा ठूलो इलेक्ट्रिक एसयूभी दुई सातापछि बजारमा ल्याउने भएको छ ।

कम्पनीले आगामी नोभेम्बर २६ र २७ मा बेङ्गलुरुमा आयोजना हुने स्क्रीम इलेक्ट्रीक इभेन्टमा ७ सिटे एसयूभी एक्सईभी ९ एस सार्वजनिक गर्ने भएको हो ।

बजारमा अहिलेसम्म ५ सिटे इलेक्ट्रीक एसयूभी र ७ सिटे एमपीभी मात्र उपलब्ध छन् । अब महिन्द्राले एसयूभी सेग्मेन्टमा ७ सिटे एसयूभी एक्सईभी ९ एस उपलब्ध गराउने भएको हो ।

लग्जरी, टेक र प्रर्फमेन्सको अल इन वान सोलुुसन एक्सईभी ९ एसमा १२।३ इन्चको ट्रिपल स्क्रीन, हर्मन कार्डनको १४०० वाटको १६ वटा स्पिकर सहितको प्रिमियम म्युजिक सिस्टम, सोफिस्टिकेटेड एम्बियन्ट लाइटिङ, प्रिमियम मेटेरियलको लग्जरी अपहोस्ट्रे जस्ता फिचर रहेको छ ।

त्यस्तै मेमोरी, इलेक्ट्रीक पावर र भेन्टिलेटेड फिचर भएको ड्राइभरसिट, मल्टिजोन एयर कण्डिसन, डेडिकेटेड एसी भेन्ट सहितको सेकेण्ड र थर्डरो सिट, लेभल २ एडास, वायरलेस एण्डरोइड अटो र एप्पलकारप्ले, स्न्यापड्रायनको एक्ट्रीम कम्प्युटिङ पावर लगायत टेक फिचर रहेको छ ।

कम्पनीले यो एसयूभी रियरह्वील ड्राइभ र अलह्वील ड्राइभमा समेत लन्च गर्ने अनुमान गरिएको छ ।
 

 
 
सोमबार, २४ कार्तिक २०८२, १४ : १८

प्रतिक्रिया