काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया