काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन् ।
डाक्टर भण्डारीले करिब दुई घण्टामा आफ्ना ७ गीतसहित १८ गीत गाएका थिए ।
‘चिकित्सा पेसामा भएकोले कन्सर्ट गर्नु मेरा लागि बिलकुलै फरक अनुभव हो,’ कन्सर्टपछि उनले भने, ‘पहिलो कन्सर्ट रमाइलो पनि भयो र आदर सम्मान पनि पाएँ । पेसा बाहेक पनि प्यासनलाई जीवन्त राख्नुपर्छ भनेर मैले यो कन्सर्ट गरेको हुँ ।’
करिब १८ वर्षदेखि चिकित्सा पेसामा आबद्ध भण्डारीका ओढेर पछ्यौरी, सकिएन, धन्यवाद, तिम्रो नै माया, एउटा जीवनलगायतका गीत सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया