काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ ।
राजस्व व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको हो ।
जसमा कार्तिक महिनाको मात्र एक खर्ब ३ अर्ब संकलनको लक्ष्य रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको कार्तिक महिनामा ७६ अर्ब राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड संकलन भएको छ ।
गत आर्थिक वर्षमा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो भने कार्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड रहेको थियो। उक्त वर्ष कार्तिकसम्ममा ३ खर्ब २९ अर्ब २ करोड मात्र संकलन भएको थियो। जसमा कार्तिक महिनाको मात्र संकलन ७६ अर्ब पुगेको थियो।
प्रतिक्रिया