सेवा हाइड्रोपावरले बोलायो साधारणसभा, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

मंगलबार, ०२ मंसिर २०८२, १० : २३

काठमाडौं- सेवा हाइड्रोपावर लिमिटेडले मंसिर २७ गते १४ औं वार्षिक साधारणसभा गर्ने भएको छ । 

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सुरू हुने जनाइएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित हिसाब, नाफा, नोक्सान लगायतका वित्तीय विवरण स्वीकृत समेत सभाले गर्नेछ ।

साथै, सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

 
मंगलबार, ०२ मंसिर २०८२, १० : २३

प्रतिक्रिया