टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ प्रसारण हुँदै

विहीबार, १८ मंसिर २०८२, ११ : ००

काठमाडौं- मालिन मिडिया को निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएकाे छ।

कान्तिपुर टेलिभिजनमा हरेक बुधकार साँझ ९ बजे र OSR Reality Youtube मार्फत प्रशारण हुनेछ । नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएर नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ।

खानाको पहिचान र स्वस्थ जीवनशैलीको प्रवर्द्धन ‘सेलिब्रेटी किचन’ केवल खाना पकाउने कार्यक्रम मात्र होइन। कार्यक्रमले नेपाली स्वाद, मौलिकता र भान्साको सौन्दर्यलाई आधुनिक टेलिभिजन प्रस्तुतीकरणसहित दर्शकमा पुर्‍याउनेछ।

शो नेपाली टेलिभिजनको अन्य कुकिङ कार्यक्रमभन्दा पूर्णतः भिन्न ढाँचामा तयार गरि प्रस्तुत गरिने छ। कार्यक्रमका निर्माता महेश पोखरेलका अनुसार सेलिब्रेटी किचन खाना, संस्कार र जीवनशैलीलाई एकैसाथ जोडेर बनाइएको बिल्कुलै नयाँ टेलिभिजन शो हो।

कार्यक्रममा सेफ प्रकाश कटुवाल तथा होस्ट प्रियंका कार्कीले नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका थुप्रै परिकार तयार पार्नेछन्। उपस्थित विशेष अतिथिहरूले प्रियंकाले बनाएका परिकार चाखेर आफ्ना प्रतिक्रिया र अनुभव व्यक्त गर्नेछन्।

कुकिङ शो भए पनि यसमा जीवनशैली, खानपान बानी, व्यक्तिगत अनुभव, प्रेरणादायी कथाहरू, हल्का मनोरञ्जनात्मक र घरायसी कुराकानी समेत समावेश गरिनेछ, जसले कार्यक्रमलाई अझै गहिरो र दर्शक–आकर्षक बनाउनेछ।

 
विहीबार, १८ मंसिर २०८२, ११ : ००

प्रतिक्रिया