अपडेट

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

सोमबार, २२ मंसिर २०८२, १३ : ५६

काठमाडौं- १० दिनअघि मात्र बढेको अन्डाको मूल्य फेरिपनि बढाइएको छ । 

नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

मंसिर १३ गते अन्डाको मूल्य बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ ।

यस्तै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ । मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।

 
सोमबार, २२ मंसिर २०८२, १३ : ५६

प्रतिक्रिया