काठमाडौं- झापा इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले पुस १८ गते इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड-४, झापामा बिहान ११ बजे सुरु हुने गरि साधारण गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेस गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया