रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

विहीबार, २५ मंसिर २०८२, १६ : ४०

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट तीन नयाँ सेवाको अनुमति पाएको छ ।

कम्पनीले बोर्डबाट निष्कासन तथा बिक्री प्रवन्धक, सेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्बन्धी कार्यहरु गर्ने अनुमति प्राप्त गरेको हो ।

बीमा क्षेत्रवाट पहिलो सामुहिक लगानी कोष रिलायवल सामूहिक लगानी कोष अन्तर्गत रिलायवल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना सञ्चालन गरी रहेको छ ।

थप इजाजतपत्रले कम्पनीले आगामी दिनहरुमा मर्चेण्ट बैंकिङ क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गरीने प्रतिबद्धता व्यक्त गरेको छ । 

कम्पनीले यसअघि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापनसम्बन्धी कार्यहरु गर्दै आएको थियो ।

 
विहीबार, २५ मंसिर २०८२, १६ : ४०

प्रतिक्रिया