लालु प्रसाद यादवको छोराको विवाहमा खाना र भाँडाको लुटपाट नै भयो

६ बर्ष अगाडि


काठमाडौं– भारतीय नेता लालु प्रसाद यादवको जेठा छोरा तेज प्रताप यादवको विवाह भएको छ । तेजको विवाह ऐश्वर्य राईसँग भएको थियो ।
ऐश्वर्य लालुकै पार्टी आरजेडीको विधायक चन्द्रिका राईकी छोरी हुन् । साथै उनी पूर्व मुख्यमन्त्री दरोगा प्रसाद राईकी नातिनी हुन् ।
आफ्नो छोराको विवाहमा सहभागी हुन दिनका लागि जेलमा रहेका लालुलाई बिहिबार तीन दिनको प्यारोल दिइएको थियो ।
पटनामा भएको विवाहमा भारतीय राजनीतिका गन्यमान्य नेताहरुको सहभागीता थियो । सहभागी नेताहरुमध्ये प्रमुख नेतामा उत्तर प्रदेशका पूर्व मुख्य मन्त्री अखिलेश यादव, कङ्ग्रेसका नेता दिगविजय सिङ्ग, एनसीपी नेता प्रफुल पटेल, केन्द्रिय मन्त्री राम विलास पासवान, पटनाका सांसद शत्रुघन सिन्हा र सरद यादव थिए ।
विवाहमा सबैभन्दा चासोका साथ विहारका मुख्यमन्त्री नितिस कुमार र लालुको भेटलाई हेरिएको थियो । अघिल्लो विहार प्रदेश सभा चुनावमा गठबन्धन गरेर जितेका उनीहरुको गठबन्धन धेरै टिकेको थिएन । गठबन्धन टुटेपछि लालुको पार्टी प्रदेश सरकारबाट निकालिएको थियो । उनीहरुको गठबन्धन टुट्नुमा तेज प्रताप जोडिएको भ्रष्टचार प्रमुख विषयको रुपमा बाहिर आएको थियो ।
अनियन्त्रित भिडले निम्त्यायो यस्तो भद्रगोल
विवाहमा ५० वटा हात्ती–घोडाहरु, जातीय ड्रमबाधकको ठूलो सङ्ख्या र ७००० भन्दा धेरै निम्तालुहरु देखिएका थिए ।
ठूलो सङ्ख्यामा निम्तालुको कारण विवाह कार्यक्रममा भद्रगोलका अवस्था देखिएको थियो ।
विवाहमा बोलाइएका निम्तालुहरुको एक भिड तारबार तोडेर भीआईपीहरु र संचार माध्यमको लागि छुट्टाइएको स्थानमा पुगेका थिए ।
तेज प्रताप र ऐश्वर्यले एक अर्कालाई माला लगाइदिएको केही पछिनै आरजेडी पार्टीका सर्मथक मानिसहरुको एक समूहले घेरा भत्काएका थिए । त्यसपछि त्यहाँ राखिएका खाध्य सामाग्रीहरु लुटिन शुरु भयो ।
त्यसको केही पछिनै त्यो क्षेत्रमा फुटेका माटाका भाडाँहरु र यत्रतत्र लडेका टेबलकुसीहरु देखिएको थियो । भागदौड र भद्रगोल साम्य पार्न पार्टीका कार्यकर्ताहरु लाडीहरु लिएर आएका थिए तर उनीहरुको प्रयास सफल देखिएको थिएन ।
त्यस क्रममा कयैन संचारकर्मी र क्यामराम्यानहरुले आफूहरु माथि बल प्रयोग भएको र आफ्ना उपकरणहरु टुटफुट गरिएको गुनासो गरेका थिए ।
भोज व्यवस्थापकले अनियन्त्रीत भीडले आफ्ना भाडाँकुडा र अन्य सामाग्री लुटिएको बताए ।
पहिले आयोजनकले लगभग ७००० मानिसहरुलाई खानाको प्रबन्ध गरिएको बताएका थिए । तर बोलाइएको यत्रो मानिसहरुको व्यवस्थापनमा भने पयाप्त ध्यान नदिइएको देखियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया