काठमाडौं- सीजी इलेक्ट्रोनिक्सले क्लासी क्लिनसँग सहकार्य गर्दै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा ल्याएको छ । कार्यविनायक, भैँसेपाटीमा सञ्चालनमा ल्याएको लन्ड्री लाउन्ज एलजीका व्यावसायिक स्तरका वासर र ड्रायरमार्फत सञ्चालन हुने विशेष सेवा केन्द्र हो ।
लन्ड्री लाउन्जको औपचारिक उद्घाटन चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन अवसरमा आधुनिक प्रविधिमार्फत स्वच्छता र सुविधालाई नयाँ उचाइमा पुर्याउने निर्देशक चौधरीले बताए ।

एलजी लन्ड्री लाउन्जमा अत्याधुनिक एलजी व्यावसायिक उपकरणका साथै आकर्षक दृश्यात्मक पहिचानलाई एकै स्थानमा समेटिएको छ । यस लाउन्जमा पूर्ण व्यावसायिक समाधान प्रदान गर्नुका साथै सेवाग्राहीलाई नयाँ र सहज अनुभव दिने उद्देश्य राखेको छ । यहाँ लुगा धुने कार्य केवल दैनिकी नभई आरामदायी तथा सुन्दर ढंगले सजाइएको वातावरणमा रमाइलो अनुभवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
उक्त लाउन्जमा जस्तोसुकै कपडा उच्च गुणस्तरीय तरिकाले धुने कम्पनीले जनाएको छ । यस लन्ड्री लाउन्जको सञ्चालन सीजीका साझेदार क्लासी क्लिनले गरिरहेको छ । यहाँ जडान गरिएको एलजी व्यावसायिक लन्ड्री प्रणालीले उच्च गुणस्तरीय धुने र सुकाउने सेवा प्रदान गर्दछ । उक्त लाउन्जले ग्राहकको घरबाट कपडा लिने र धोएर डेलिभरी समेत गरिदिने व्यवस्था गरेको छ ।

एलजीका व्यावसायिक लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने तथा सुकाउने प्रक्रिया, पानी र ऊर्जाको दक्ष प्रयोग, साथै कपडाको राम्रो संरक्षण सुनिश्चित गर्ने जनाइएको छ । ड्रायरमार्फत उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्वच्छ बनाउने व्यवस्था समेत गरिएको छ ।
सेवाग्राहीहरूले हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन् ।
प्रतिक्रिया