सर्वोत्तम सिमेन्टको सातौं वार्षिक साधारणसभा सम्पन्न

सोमबार, २९ मंसिर २०८२, १४ : १३

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । 

उक्त साधारणसभामा ७६% भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरूको उपस्थित भएको थियो । साधारणसभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरेका थिए । सभाको उद्घाटनसँगै सञ्चालक समितिका अध्यक्षले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नुपर्ने प्रतिवेदन तथा अध्यक्षको मन्तव्य सहितको प्रतिवेदन सभा समक्ष पेश गरे । उक्त प्रतिवेदन माथि सहभागी सेयरधनीहरूले छलफलमा भाग लिँदै कम्पनीले हाल राम्रो काम गरिरहेको र आगामी दिनमा समेत अझै राम्रो प्रगति गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

सेयरधनीहरूले छलफलमा उठाएको विषयवस्तुलाई कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिए । सभामा अध्यक्षले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन वासलात तथा कम्पनीको समग्र विषयवस्तुमाथि छलफल भएपश्चात साधारण सभाले सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पास गरेको थियो । 

सभाका प्रस्तावहरुमा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पास गरेको थियो । भने लेखा परीक्षण प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वित्तीय विवरण वासलात नाफा नोक्सान नगद प्रवाह विवरण सहित को वित्तीय विवरण समेत पास गरेको थियो। कम्पनीले २०८१/८२ को मुनाफाबाट २०% लाभंश पास गरिएको थियो । जसमा ५% बोनस र १५% नगद लाभंश करसहित साधारण सभाले पास गरेको थियो ।  साधारण सभाले लेखापरीक्षकको नियुक्ति तथा बोनस सेयर वितरण गरेपश्चात प्रबन्धपत्र नियमावलीमा संशोधन लगायतका लेखापरीक्षक नियुक्ति लगायतका विषयवस्तुहरू समेत सभाले पारित गरिएको थियो ।

वार्षिक साधारणसभाको समापन कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले गरे । सभामा कम्पनीका अध्यक्षले कम्पनी भावी दिनमा समेत राम्रो हुने र देशकै अग्रणी सिमेन्ट कम्पनी बन्न प्रयासरत रहने कुरा बताउँदै सेयरधनीहरुलाई अझै बढी लाभंश कसरी दिन सकिन्छ भनेर अहोरात्र खटिरहेको जानकारी समेत प्रदान गरे । 

साथै सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा म सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग भएको र हाल ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ ।

साधारणसभा अधिवक्ता कमल कुमार भारतीले सञ्चालन गरेका थिए भने साधारणसभामा सेयरधनीहरूसँगै कम्पनीका विभिन्न विभागमा रहेर काम गर्ने विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । 

 
सोमबार, २९ मंसिर २०८२, १४ : १३

प्रतिक्रिया