नेपालमा सिएफमोटोको नयाँ ‘डुअल-स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, परीक्षण सुरु

आइतबार, ०६ पुस २०८२, १० : १४

काठमाडौं- सिएफमोटोको नयाँ डुअल-स्पोर्ट मोटरसाइकल परीक्षणका क्रममा देखा परेको छ ।

नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल-स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो । 

सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ-रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सिएफमोटोले मजबुत अफ-रोड क्षमता र स्लीक अर्बन-रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ । 

नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ । डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ बिशेष डुअल-स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ ।

बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई-माउन्टेड एक्जस्ट, डुअल-पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ । इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने  प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ ।

टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (शहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ-रोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्येनजर गर्दा सिएफमोटो नेपाली सडक सुहाउँदो मोटरसाइकल लन्च गर्न गम्भिर रहेको पुष्टि गर्दछ ।

एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप-राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई  लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ ।

 
आइतबार, ०६ पुस २०८२, १० : १४

प्रतिक्रिया