डा. डीआर उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड प्रदान

आइतबार, ०६ पुस २०८२, १२ : २५

काठमाडौं- विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । 

भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो ।त्यहाँका सांसद र विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा उक्त अवार्ड प्रदान गरिएको थियो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।

यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उनको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।

 
आइतबार, ०६ पुस २०८२, १२ : २५

प्रतिक्रिया