भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक (भिडियो)

बुधबार, ०९ पुस २०८२, १२ : ११

काठमाडौं- गायक भुपु लिम्बुको स्वरमा नयाँ गीत ‘धानको बाला' को भिडियो सार्वजनिक गरिएको छ। 

मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ।

गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन्।

म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बुसँगै प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन्।

‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। 

नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 
 
बुधबार, ०९ पुस २०८२, १२ : ११

प्रतिक्रिया