सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामीको शोरूम भ्रमण

शनिबार, १२ पुस २०८२, ११ : २९

काठमाडौं- नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व (CSR) पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ ।

यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो । साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको छ।

भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूम सम्म ल्याएको थियो।त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो । भ्रमण अवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए ।

बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो । साथै, सान्ताक्लज सँगको रमाइलो भेटले पनिउनीहरूको उत्साह र आनन्द थप बढाउन सफल भयो । सबै जनासँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यहरू बीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भयो । बालबालिकाको उपस्थितिले शोरुम हाँसो, मुस्कान र उमंगले भरिपूर्ण भएको थियो, जसले गर्दा यो भेट साँच्चिकै मन छुने बनेको थियो ।

यस भ्रमणको विशेष क्षणहरू मध्ये एक तस्बिरमा यी खुसीका पलहरूलाई कैद गर्नु पनि थियो । सबैले खुसी, एकता र ममताको प्रतीकका रूपमा सामूहिक तस्बिर खिची भ्रमणका रमाइला सम्झनाहरू सुरक्षित गरेका थिए । यी तस्बिरहरूले यो यादगार समय र सद्भावना बाँड्दा प्राप्त हुने साना तर गहिरा खुसीको सम्झना दिलाउने छन् ।

स-सानास्ने हिपहलहरूले बालबालिकाको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नसक्छ भन्नेमा नामी विश्वास राख्दछ । समुदाय केन्द्रित गतिविधिहरूमा निरन्तर साथ दिँदै, भविष्यमा पनि यस्ता पहलहरू जारी राख्ने र जहाँ सम्भव छ त्यहाँ मुस्कान फैलाउँदै अर्थपूर्ण परिवर्तन ल्याउने कार्यमा नामी प्रतिबद्ध छ ।

 
 
शनिबार, १२ पुस २०८२, ११ : २९

प्रतिक्रिया