राजस्व संकलन

नेपाल प्रहरीद्वारा मंसिर महिनामा ४० करोडभन्दा बढी राजस्व संकलन

सोमबार, १४ पुस २०८२, १३ : ४१

काठमाडौं- नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्र ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

नेपाल प्रहरीले कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरेको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट  १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीवापत सात करोड १५ लाख ९३ हजार रुपैयाँ तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट सात लाख दुई हजार रुपैयाँ बरामद गरेको प्रवक्ता काफ्लेले बताए । 

 
 
 
सोमबार, १४ पुस २०८२, १३ : ४१

प्रतिक्रिया