काठमाडौं- अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा गायिका तथा संगीतकार बबिना भट्टराईको नयाँ प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ सार्वजनिक भएको छ।
बबिनाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा बबिना भट्टराई र प्रताप दासको युगल स्वर रहेको छ।
गीतका शब्द बलदेव थापाले लेखेका हुन् भने संगीत बबिनाकै रहेको छ। भिडियोमा बबिना र प्रताप स्वयं फिचर्ड छन्। गीतको एरेन्ज पुरुषोत्तम सुवेदी, गितार सञ्जिव बराइली, रेकर्डिङ नकुल कार्की, मिक्सिङ–मास्टरिङ प्रकाश खरेलले गरेका छन्। भिडियो निर्देशन ए।जे। अजु, सम्पादन तथा कलर मिनबहादुर रावलको छ।
प्रेम, समर्पण र साथको महत्व उजागर गर्ने गीतले प्रेमी–प्रेमिकाबीचको अटुट बन्धन र भावनात्मक गहिराइ प्रस्तुत गरेको छ।
प्रतिक्रिया