‘म्याक्स बाबु’को नयाँ गीत ‘लाग्छ सरमै’ सार्वजनिक (भिडियो)

सोमबार, २१ पुस २०८२, १२ : ४९

काठमाडौं- उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। 

रचना रिमालले स्वर दिएको उनको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो ।

सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग म्याक्स बाबुले अभिनय गरेका छन् । 

कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आएका उनले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गरे ।

सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित छन् । 

दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा प्रस्तुति दिएका छन् । पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’ मा समेत उनको अभिनय देख्न सकिन्छ । 

दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका उनले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याएका छन्, जसको उद्घाटन न्यू साउथ वेल्सका प्रिमियरद्वारा गरिएको थियो ।

भिडियो:

 
सोमबार, २१ पुस २०८२, १२ : ४९

प्रतिक्रिया