इन्फिनिक्सद्वारा नेपालमा एक्सप्याड २० प्रो ट्याब्लेट सार्वजनिक

मंगलबार, २९ पुस २०८२, ११ : ४७

काठमाडौं- इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठुलो स्क्रिन, स्मार्ट फिचर र उच्च प्रदर्शनको संयोजन भएको यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।

एक्सप्याड २० प्रोमा १२ इन्चको 2K डिस्प्ले र ९०Hz रिफ्रेस रेट रहेको छ, जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्मूथ र क्लियर अनुभव प्रदान गर्छ। यसमा TÜV Rheinland Eye Care सर्टिफिकेसन रहेकोले लामो समय प्रयोग गर्दा पनि आँखामा थकाइ कम हुन्छ। त्यसैले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि उपयोगी छ।

ट्याब्लेटमा Helio G100 Ultimate प्रोसेसर जडान गरिएको छ, जसले मल्टि-टास्किङ, गेमिङ र दैनिक प्रयोगमा राम्रो प्रदर्शन दिन्छ। इनबिल्ट 4G सपोर्टका कारण Wi-Fi नभए पनि इन्टरनेट प्रयोग गर्न सकिन्छ।

एक्सप्याड २० प्रो मा Infinix AI पनि उपलब्ध छ, जसले लेख्न सहयोग, अनुवाद, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलो बनाउँछ। मनोरञ्जनका लागि ४-स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतमा ३६०-डिग्री साउन्ड अनुभव दिन्छ।

६.५८mm अल्ट्रा–स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र मजबुत अनुभूति प्रदान गर्दछ। साथै, Multi-Device Collaboration सपोर्टले मोबाइल र ट्याब्लेटबीच फाइल सेयर, स्क्रिन कास्ट र कामलाई अझ सहज बनाउँछ।

मूल्य र उपलब्धता

एक्सप्याड २० प्रो नेपालमा दुई भेरियन्टमा उपलब्ध छ:

4GB RAM + 128GB स्टोरेज - रु. 26,999

8GB RAM + 256GB स्टोरेज - रु. 31,999

देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूबाट ट्याब्लेट खरिद गर्न सकिनेछ। इनफिनिक्सले एक्सप्याड २० प्रो मार्फत ठुलो स्क्रिन, स्मार्ट AI फिचर, प्रिमियम डिजाइन र उचित मूल्य एउटै प्याकेजमा उपलब्ध गराएको छ, जसले बहुउपयोगी र शक्तिशाली ट्याब्लेट खोज्ने प्रयोगकर्ताको ध्यान आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।

 
 
मंगलबार, २९ पुस २०८२, ११ : ४७

प्रतिक्रिया