भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु

मंगलबार, १३ माघ २०८२, ११ : २९

काठमाडौं- नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । 

माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो कार्निभल १७ गतेसम्म सञ्चालन हुनेछ । कार्निभलमा ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफआइ बीएस६ को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ पल्सर २२० एफआइ बीएस६ ले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफ रु. ४,३९,९०० को शुरुवाती मूल्यमा उपलब्ध गराइने जानकारी दिइएको छ ।

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा रु. ८,००० सम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. का अनुसार, यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो । पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास रहेको छ ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारीका लागि नजिकको बजाज शोरूम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।
 

 
मंगलबार, १३ माघ २०८२, ११ : २९

प्रतिक्रिया