काठमाडौं- केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आगामी माघ १७ गते ‘केटिएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम आयोजना हुने भएको छ ।
हंसराज हुलासचन्द कम्पनी प्राइभेट लिमिटड अन्तर्गतको केटिएम नेपालसँग साझेदारी गर्दै एक्सट्रिम इनर्जी ड्रिङ्कले काठमाडौंस्थित हात्तिवन फरेस्ट रिसोर्टमा ‘केटिएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम गर्न लागेको हो। बाइक लभर र स्टन्ट लभरहरूका लागि ठूलो अवसर भएकाले यसमा भाग लिई उपहार जित्नसक्ने केटिएम नेपालले जनाएको छ।
बिहान १० बजे सुरू हुने केटिएम इन्ड्युरो डेमा ‘टाइम ल्याप च्यालेन्ज’ प्रतिस्पर्धामा विजेताले आकर्षक उपहारहरू जित्न सक्नेछन्। ‘केटिएम इन्ड्युरो ३९०आर’ बाइक भने कार्यक्रमस्थलमै प्रतिस्पर्धीलाई उपलब्ध गराउने आयोजकले जनाएको छ। प्रतिस्पर्धामा आफ्नो व्यक्तिगत बाइक भने आवश्यक हुने छैन।
प्रतिस्पर्धामा भाग लिनेहरूका लागि रजिस्ट्रेसन शुल्क फ्रि गरिएको छ। जसमा सहभागी हुन चाहनेहरू ‘केटिएम रेडी टु रेस’ पेजमा गएर क्यूआरमार्फत स्क्यान गरेर प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। सिट संख्या सीमित भएकाले छिट्टै रजिस्ट्रेसन गर्न अनुरोधसमेत गरिएको छ।
‘एक्सट्रिम एक्सपिरिएन्स जोन’ नाम दिइएको स्टलमा विभिन्न खेल लगायतका अन्य गतिविधिहरू आयोजना गरिनेछन्, जसमा अन्य व्यक्तिहरूले पनि भाग लिएर पुरस्कार हात पार्न सक्नेछन्। आगामी दिनहरूमा युवा पुस्तालाई यस्तै ऊर्जा र उत्साहित बनाउने कार्यक्रमहरू ल्याउने जनाएको छ।
प्रतिक्रिया