काठमाडौं- जगदम्बा मोटर्सले ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ । यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई विवाह तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको हो ।
यो अफरको मूल भावना ग्राहकको जीवनका महत्त्वपूर्ण क्षणहरू- नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग टीभीएसलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु हो । सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारी साधनको विश्वसनीयता जोडेर जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लाटफर्ममा ल्याउने प्रयास गरेको छ ।
अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज-सबै खरिद माध्यममा निम्न लाभ लिन सक्नेछन् । प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, सजिलो फाइनान्स सुविधा तथा सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टी दिइएको छ । आइतबारदेखि सुरु भएको यो अफर चैत ३ गतेसम्म नेपालभरका सबै आधिकारिक टीभीएस शोरुममा लागू हुनेछ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई केवल सवारी मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं ।’
प्रतिक्रिया