सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पोको आज तेस्रो दिन, दर्शकको आकर्षणमा नयाँ टेक्नोलोजी

शनिबार, २४ माघ २०८२, ११ : २६

काठमाडौं- सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना गरेको छ । माघ २२ गतेदेखि सुरु भएको यो एक्स्पो माघ २७ गतेसम्म चल्नेछ ।

“Baleyo Experience: Technology & Lifestyle” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको सागर ग्रुपले जनाएको छ।

सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

एक्स्पोको तेस्रो दिन आज अवलोकनकर्ताहरुको उपस्थिति अझै राम्रो भएको कार्यक्रम संयोजक विमल राज रेग्मीले जानकारी दिए । पहिलो र दोस्रो दिनको तुलनामा दर्शकको संख्या बढेको र अघिल्ला संस्करणहरुमा जस्तै यस संस्करणमा पनि दर्शकहरुको आकर्षण एक्स्पो रहेको उनको भनाई छ । 

यस संस्करणमा मसाज चियरलगायतका उत्पादनहरु ल्याइएको छ । एक्स्पोलाई लक्षित गरी आएका प्रोडक्टहरुमा पनि दर्शकहरुको आकर्षण बढेको रेग्मीले बताए । 

WhatsApp Image 2026-02-07 at 10.18.33 AM (1)WhatsApp Image 2026-02-07 at 10.18.33 AM

एक्स्पोमा Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, X-Lab, IDP लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्।

एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउनेछन् भने Brother र Konica Minolta ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिँदै आएको छ ।

 
 
शनिबार, २४ माघ २०८२, ११ : २६

प्रतिक्रिया