काठमाडौं- कलाकार थुमन शर्मा र मिनु गैरेको स्वरमा तयार भएको नयाँ गीत “मायाको असर” सार्वजनिक भएको छ ।
नेपाली संगीत प्रेमीहरूका लागि विशेष आकर्षण बनेको यो गीतले प्रेमको मिठास र जीवनका सुखद भावनाहरूलाई समेट्दै दर्शक–स्रोतालाई भावनात्मक रूपमा मन्त्रमुग्ध बनाउने लक्ष्य राखेको छ ।
यस गीतको शब्द रचना सफल गीतकार शिवराज गौतमले गरेका छन् भने संगीत आफैंले तयार पारेका छन् । गीतको संगीत संयोजन रुबिन मगरले गरेका छन् भने मिक्सिङ र मास्टेरिङ चाँही किशोर थापाले गरेका हुन् । गीत AOon Musician मा रेकर्ड गरिएको हो र आधुनिक प्रविधिको प्रयोग गर्दै उत्कृष्ट ध्वनि गुणस्तर सुनिश्चित गरिएको छ ।
गीतसँगै सार्वजनिक भएको भिडियो पनि अत्यन्तै आकर्षक बनेको छ । भिडियोका निर्देशक प्रकाश धिताल हुन् र भिडियोमा उनको आफ्नै कन्सेप्ट प्रयोग गरिएको छ । भिडियोमा मुख्य कलाकारको रूपमा प्रवीन डी.सी. र अनिता गिरी प्रस्तुत छन् ।
भिडियोको सिनेमाटोग्राफी सुबिन गोदरले गरेका छन् भने सम्पादन राकेश दाहालले गरेका छन् । मेकअप आर्टिस्टको रूपमा सीमा मगर र प्रोडक्सन म्यानेजरको भूमिकामा सुर्य ओलीले आफ्नो योगदान दिएका छन् ।
प्रतिक्रिया