काठमाडौं- सागर ग्रुपको आयोजना तथा xLab को सहकार्यमा ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट एक्स्पो’ (चौथो संस्करण) काठमाडौंको कलंकीस्थित Baleyo Experience Center मा छ दिनसम्म सञ्चालन भई माघ २७ गते सम्पन्न भएको छ। माघ २२ गते बाट सुरु भएको उक्त एक्स्पोमा ५०० भन्दा बढी आगन्तुकको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा कर्पोरेट तथा व्यावसायिक आगन्तुक, डिलर तथा रिसेलर, अन्तिम उपभोक्ता, विद्यार्थी तथा प्रविधिप्रति रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एक्स्पो B2B तथा B2C दुवै अवधारणामा आयोजना गरिएको थियो। अनुभवात्मक प्रदर्शनी (Experiential Exhibition) को अवधारणामा आधारित उक्त कार्यक्रममा लाइभ प्रोडक्ट डेमो तथा अन्तरक्रियात्मक सहभागितालाई प्राथमिकता दिइएको थियो।
कार्यक्रममा xLab का वेलनेस तथा POS प्रोडक्ट, Brother र Konica Minolta का प्रिन्टर तथा Innex का क्यामेराहरूको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। कार्यक्रममा समावेश गरिएको टार्गेट गेम डिस्काउन्ट जोन आगन्तुकहरूको मुख्य आकर्षणको रूपमा देखिएको थियो, जहाँ खेलको नतिजाका आधारमा Baleyo का प्रोडक्टमा छुट प्रदान गरिएको थियो। यस्तै, xLab को Lifestyle Booth ले सबैभन्दा बढी आगन्तुक आकर्षित गर्दै उल्लेखनीय प्रतिक्रिया प्राप्त गरेको आयोजकले जनाएको छ।
एक्स्पोमा xLab, Brother, Konica Minolta, Kaspersky लगायत Nexus, Chaitanya र Mero Galaxy का स्टलहरू राखिएका थिए। ती स्टलहरूमा प्रदर्शित उत्पादन, एक्सेसोरी तथा डिस्प्लेहरूले आगन्तुकको ध्यान आकर्षित गरेका थिए। कार्यक्रममा POS समाधान, consumables, wellness, connectivity समाधान तथा प्रिन्टिङ प्रविधि सम्बन्धी छुट्टाछुट्टै जोनहरू पनि राखिएका थिए।
यसका साथै, इन्स्ट्यान्ट फोटो प्रिन्टिङ सुविधा सहितको फोटो बूथ पनि राखिएको थियो, जहाँ आगन्तुकहरूले फोटो खिची सम्झनाका रूपमा प्रिन्ट प्राप्त गरेका थिए। स्टल भ्रमणपछि आगन्तुकहरूलाई Baleyo Experience Center अवलोकन गर्न समेत प्रोत्साहित गरिएको थियो। आगन्तुक सहभागिता बढाउने उद्देश्यले Visit-Point प्रणाली लागू गरिएको थियो, जसअन्तर्गत विभिन्न स्टल भ्रमणबाट संकलित अंकका आधारमा आगन्तुकहरूलाई उपहार प्रदान गरिएको थियो।
एक्स्पोअघि माघ २१, २०२६ मा Baleyo Experience Center मै प्रेस मिट आयोजना गरिएको थियो, जसमा विभिन्न सञ्चारमाध्यम तथा समाचार संस्थाहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कार्यक्रमबाट आगन्तुक, सहभागी ब्रान्ड तथा सञ्चारमाध्यमहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने आगन्तुक, साझेदार संस्था तथा सञ्चारमाध्यमप्रति धन्यवाद व्यक्त गरेका छन्।
प्रतिक्रिया