काठमाडौं- नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष “स्टुडेन्ट अफर” सार्वजनिक गरेको छ। यस अफरमार्फत विद्यार्थीहरूलाई सहुलियत दरमा उच्च- गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
यस सीमित अवधिका लागि रहेकाे विद्यार्थी केन्द्रित याेजना अन्तर्गत विद्यार्थी ग्राहकहरूले ७० Mbps उच्च-गतिको इन्टरनेट सेवा १२ महिनाकाे लागि भ्याट सहित मात्र रु. ८,३५० मा प्राप्त गर्न सक्ने छन् । साथमा विद्यार्थीहरूको शैक्षिक आवश्यकताका लागि थप ६ महिना बाेनस इन्टरनेट पनि प्रदान गरिएकाे छ।
विद्यार्थीहरूकाे अनलाइन कक्षा, अध्ययन अनुसन्धान तथा दैनिक डिजिटल प्रयाेगका लागि तिव्र गति अझै सहज बनाउन वाई-फाई नेपालले यस प्याकेजसँगै Nokia 5GHz Dual-Band Router निःशुल्क उपलब्ध गराएकाे छ।
यो विशेष अफर निरन्तर इन्टरनेट आवश्यक पर्ने विद्यार्थीहरूलाई लक्षित गर्दै तयार गरिएको हो। वाई-फाई नेपालले देशभर गुणस्तरीय इन्टरनेट सेवा सहुलियत दरमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई यस अभियानमार्फत पुनः दोहोर्याएको छ।
कम्पनीका अनुसार, “याे अफर विद्यार्थीहरूलाई भरपर्दो र उच्च-गतिको इन्टरनेट उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो।”
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ। अफर प्राप्त गर्नका लागि विद्यार्थी परिचयपत्र अनिवार्य रहनुका साथै अन्य सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।
प्रतिक्रिया