दोस्रो संस्करणको ‘वाडा अटो शो’ चैत ११ देखि पोखरामा सुरु हुने

मंगलबार, ०५ फागुन २०८२, ११ : ३६

काठमाडौं- पहिलो संस्करणको सफलतापछि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनले पोखरामा दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम यही चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबराही चोक नजिकैको खेल मैदानमा सञ्चालन हुनेछ।

प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स इभेन्ट्स) ले गर्ने जनाइएको छ भने स्टल बुकिङ चाँडै खुलाइने तयारी गरिएको आयोजकले जनाएको छ। नेपाली नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस अटो शोमा साना, मझौला तथा ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था लगायत सम्बन्धित व्यवसायिक कम्पनीहरूको व्यापक सहभागिता रहनेछ।

यसपटक विशेषगरी इलेक्ट्रिक (EV) र आन्तरिक दहन इन्जिन (ICE) का नयाँ-नयाँ ब्रान्ड, विशेष छुट अफर, ग्राहक लक्षित योजना तथा मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रमहरू समावेश गरिने आयोजकको भनाइ छ।

पर्यटन राजधानी पोखरामा हुने यो प्रदर्शनीले सवारी प्रविधि, नयाँ मोडल र बजार प्रवृत्तिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने विश्वास गरिएको छ।

 
मंगलबार, ०५ फागुन २०८२, ११ : ३६

प्रतिक्रिया