काठमाडौं- राजधानीको बिच सडकमै गाडीबाट ओर्लिएर पैदल यात्रीमाथि कुटपिट गर्ने पारस बम पक्राउ परेका छन् ।
आज (मंगलबार) काठमाडौंको महाराजगंजस्थित नारायण गोपाल चोकमा सडकमै ओर्लिएर एक वृद्ध पैदल यात्रुमाथि उनले निर्घात कुटपिट गरेका थिए । बूढानिलकण्ठ नगरपालिकाका ४२ वर्षीय बमलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।
राजधानीको बिच सडकमै एक वृद्धमाथि निर्घात कुटपिट, प्रहरी बेखबर
यसबारेमा आजको अर्थले राजधानीकै बिच सडकमै वृद्धमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी बेखबर भन्ने शीर्षकमा समाचार प्रकाशित गर्दै प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आज बिहानै बा.३ च ११०३ नम्बरको गाडीमा सवार उनले मध्य सडकमा ओर्लिएर एक वृद्ध पैदलयात्रीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया