सुर्खेत जिल्ला प्रहरी कार्यालयद्वारा नौ लाख उनान्चालिस हजार राजस्व संकलन

बुधबार, ०६ फागुन २०८२, ११ : ५४

काठमाडौं- सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

 
बुधबार, ०६ फागुन २०८२, ११ : ५४

प्रतिक्रिया