मोदीले यसरी सके ४३ अर्ब भारु, कहिले कति ?

६ बर्ष अगाडि

प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको सरकारले गत ४६ महिनामा सबै खालको विज्ञापनहरूमा ४३ अर्ब ४३ करोड २६ लाख भारु खर्च गरेको पाइएको छ । 
यो जानकारी आरटीआई कार्यकर्ता अनिल गलगलीलाई केन्द्र सरकारको ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागले दिएको जवाफमा उल्लेख छ । 
अनिल गलगलीले प्रधानमन्त्री कार्यालयसँग सरकार गठन भएदेखि ३१ मार्च २०१८ सम्म विभिन्न विज्ञापनहरूमाथि भएको खर्चको जानकारी मागेका थिए ।
जवाफमा ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागका वित्त सल्लाहकार तपन सूत्रधरले १ जुन २०१४ देखि ३१ जनवरी २०१८ बीच सरकारद्वारा विभिन्न सञ्चार माध्यमहरूमा गरेको विज्ञापनहरूको जानकारी गराएका हुन् ।


यसमा १ जुन २०१४ देखि ३१ मार्च २०१५ सम्म ४ अर्ब २४ करोड ५ लाख भारु प्रिन्ट मिडियामा, ४ अर्ब ४ करोड ९७ लाख भारु इलेक्ट्रोनिक मिडियामा र ७९ करोड ७२ लाख भारु आउटडोर प्रचारमा खर्च भयो ।
त्यस्तै आर्थिक वर्ष २०१५–१६ मा ५ अर्ब १० करोड ६९ लाख भारु प्रिन्ट मिडियामा, ५ अर्ब ४१ करोड ९९ लाख भारु इलेक्ट्रोनिक मिडियामा र १ अर्ब १८ करोड ४३ लाख भारु आउटडोर प्रचारमा खर्च गरियो । 
यसपछि आर्थिक वर्ष २०१६–१७ मा ४ अर्ब ६३ करोड ३८ लाख भारु प्रिन्ट मिडियामा, ६ अर्ब १३ करोड ७८ लाख भारु इलेक्ट्रोनिक मिडियामा र १ अर्ब ८५ करोड ९९ लाख भारु आउटडोर प्रचारमा खर्च भयो ।
१ अप्रिल २०१७ देखि ७ डिसेम्बर २०१७ को बीचमा मोदी सरकारले ३ अर्ब ३३ करोड २३ लाख भारु प्रिन्ट मिडियामा खर्च ग¥यो । इलेक्ट्रोनिक मिडियामा १ अप्रिल २०१७ देखि ३१ मार्च २०१८ सम्म ४ अर्ब ७५ करोड १३ लाख भारु खर्च गरियो । आउटडोर प्रचारमा १ अप्रिल २०१७ देखि ३१ जनवरी २०१८ सम्म १ अर्ब ४७ करोड १० लाख भारु खर्च गरियो ।


विपक्षी दल र समाजिक सञ्जालका प्रयोकर्ताहरूले सरकारले विज्ञापनमा गरेको ठूलो मात्राको खर्चको आलोचना गरेपछि मोदी सरकारले आर्थिक वर्ष २०१७–१८ को विज्ञापन खर्चमा केही कटौती गरेको छ ।
आर्थिक वर्ष २०१६–१७ मा विज्ञापनमा कुल १२ अर्ब ६३ करोड १५ भारु खर्च गरेको मोदी सरकारले आर्थिक वर्ष २०१७–१८ मा ९ अर्ब ५५ करोड ४६ अर्ब भारु खर्च ग¥यो । अर्थात उसले विज्ञापनमा गरेको खर्चमा २५ प्रतिशत कटौती गरेर लगभग ३ अर्ब ८ करोड भारु कम खर्च ग¥यो ।

६ बर्ष अगाडि

प्रतिक्रिया