काठमाडौं- विगत आठ वर्षदेखि सञ्चालनमा रहेको सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ।
पाँच हजार भन्दा पनि बढीलाई रोजगारी दिँदै आइरहेको यस कम्पनीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ । डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, होटल म्यानेजमेन्ट, एडमिनिस्ट्रेसन, उद्घोषण, समाचारवाचन, कलाकारिता जस्ता अन्य थुप्रै पेशामा रोजगार प्रदान गर्दै आइरहेको छ ।
यस सृजना सूत्रले महापुरुष, आउट ल, विज्ञापन, वाइल्ड फ्लावर, परस्त्री, ११ः५५, गोरखा वारियर, उचाइ जस्ता थुप्रै फिल्महरूमा थिएटरदेखि कलाकारितामा मोह भएका व्यक्तिहरूलाई रोजगारी दिँदै आइरहेको छ।
ह्वाइट हर्स एग्रो भिल्ला र सृजना सूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडचडी तालिम सञ्चालन हुन लागेको छ । यस तालिमले कलाकारलाई धेरै नै सहयोग पुर्याउने अपेक्षा राखेको छ। पाँच दिने तालिम पछि प्रमाणपत्र पनि वितरण गर्ने सृजना सूत्रका अध्यक्ष सुभाष श्रेष्ठ प्रधानले बताए । सबै उमेरका व्यक्तिले यस तालिममा सहभागिता जनाउन सक्नेछन्।
यस तालिममा सहभागिता जनाउन चाहनेहरुले सृजना सूत्रको मोबाइल नम्बर ९८४१७७७२७४ सम्पर्क गर्न सकिने कुरा जानकारी दिइएको छ ।
प्रतिक्रिया