काठमाडौं– वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्स सँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘आई जात्रा’ कार्यक्रम सिमराको श्री नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा उत्साहपूर्वक सम्पन्न भएको छ।
आई जात्रा आइ ल्याब परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार, खेल गतिविधि जस्ता सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरे।
करिब छ महिना अघि विद्यार्थीहरूले आईल्याब तालिम लिएका थिए। तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यका आधारमा आई जात्रा आयोजना गरिएको हो। विगत दुई वर्षदेखि वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्वअन्तर्गत आई जात्रा कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा ‘आई जात्रा’ सम्पन्न भइसकेको छ भने सिमरामा यस पटक गरिएको छ ।
कार्यक्रममा बोल्दै वल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीलाई किताबीय ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उनले बताइन्।
साथै, भण्डारी जालानले, कार्यक्रममा स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा व्यवस्थापन गर्नु पर्ने उल्लेख गर्नु भयो । यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास आसा व्यक्त गरिन् ।
‘क्ष् व्बतचब’
प्रतिक्रिया